Nepali: सम्प्रेक्षणको लागी: प्राज्ञिक भाषाहरु

जर्मन युवा एकेडेमीद्वारा आयोजित एक बैठकमा १८ देशका २४ प्राज्ञिक व्यक्तिहरुले क अनुसन्धान तथा त्यसको प्रसारमा भाषाले पार्नेप्रभावबारे विचार-विमर्शगरेका छन् ।

फ्र्यांकफर्टअहम माइन, जर्मनी — गत सेप्टेम्बर २ देखि४ सम्म जर्मनीको फ्रांकफर्टस्थित गोथे विश्वविद्यालयमा ६ महाद्वीपमा फैलिएका १८ देशबाट आएका २४ जना प्राज्ञिक व्यक्तिहरु भेला भई प्राज्ञिक क्षेत्रमा भाषाको भूमिकाबारे छलफल गरेका थिए । उक्त छलफल मुख्यत: अंग्रेजीमा भाषामा सञ्चालन भए पनिसहभागीहरूले आ-आफ्नो भाषिक पृष्ठभूमिर अनुभवहरु आदानप्रदान गरेका थिए । चौबिस जना सहभागीहरु बेल्जियम (डच), कोलम्बिया (स्पेनिश), फिनल्याण्ड (फिनिश), जर्मनी (जर्मन), हंगेरी (हंगेरियन), भारत (असमिया र पञ्जाबी), इन्डोनेसिया (इन्डोनेसियाली), केन्या (किमेरु), लिथुआनिया (लिथुआनियाली), नेपाल (नेपाली), नाइजेरिया (योरुबा), नर्वे(नर्वेजियन), प्यालेस्टाइन (अरबी), सुडान (अरबी) र स्विट्जरल्याण्ड (फ्रेन्च र जर्मन) का युवा एकेडेमीहरूका साथै ग्लोबल योङ्ग एकेडेमी (पोलिश र रोमानियाली) का सदस्यहरू थिए।

प्राज्ञिक सदस्यहरु हरेक दिन भाषासँग प्रत्यक्ष रुपमा काम गर्छन् । तर भाषाले अनुसन्धानसम्बन्धी गतिविधिमा उनीहरुको सहभागिता, पहुँच, अनुसन्धानको गुणस्तर र त्यसको प्रसारमा पार्नेप्रभावबारे गहन रूपमा विचार-विमर्शगर्नेअवसर भने कमै प्राप्त हुन्छन । यसै सन्दर्भमा, उक्त बैठकले भाषाका कारण सिर्जना हुने अवसर र चुनौती दुवैलाई पहिचान गर्दैयस विषयमा ब्यापक छलफल गर्नेअवसर प्रदान गरेको थियो ।

यो बैठक जर्मन युवा एकाडेमीको "भाषा" कार्यसमूहका सदस्यहरूको पहलमा आयोजना गरिएको थियो। छलफलको मुख्य बिषय भाषा कसरी प्राज्ञिक विविधताको आधार बन्न सक्छ र सम्भावित बहिष्करणको स्रोत पनिबन्न सक्छ भन्ने थियो । बैठकमा विज्ञान सञ्चार, व्यावसायिक सफलता र कार्यवातावरण, प्राज्ञिक क्षेत्रभित्रका शक्तिसंरचना, राष्ट्रिय र क्षेत्रीय हितहरू, साथै ठूला भाषा मोडलहरूले द्रुतगतिमा ल्याइरहेका परिवर्तनका प्रभावलगायतका विषयमा पनिछलफल गरिएको थियो ।

प्राज्ञिक कार्यमा अंग्रेजी भाषामाथिको निर्भरता बढिरहेको छ। यसले पर्याप्त फाइदाका साथै केहिचुनौती पनिल्याइरहेको छ । विश्वब्यापी सम्पर्कभाषा का रुपमा अंग्रेजीले फरक-फरक भाषा बोल्नेहरुबीच अन्तर्राष्ट्रिय संचार गर्नर सहकार्यलाई सहज बनाउँछ । तैपनिकुनै एक भाषामाथिको अत्यधिक निर्भरताले प्राज्ञिक क्षेत्रभन्दा बाहिर रहेका तथा अंग्रेजी नबोल्ने समुदायलाइ विभिन्न प्राज्ञिक गतिविधिमा सहभागिहुन अवरोध सिर्जना गर्नसक्छ र अनुसन्धानमा उनीहरुको पहुँचलाई सीमित गर्नसक्छ ।

अनुसन्धान विश्वव्यापी रूपमा सञ्चारयोग्य हुनुका साथै स्थानीय समुदायका लागिपनिपहुँचयोग्य हुनुपर्ने“ग्लोकल” अवधारणालाई व्यवहारमा उतार्नप्राज्ञिक व्यक्ति, संस्था र नीतिनिर्माताहरूले भाषाको छनोटलाई अनुसन्धान अभ्यासको अभिन्न अंगका रूपमा लिन आवश्यक छ। भाषासम्बन्धी यो बहस र छलफललाई आफ्ना–आफ्ना संस्था, विधागत समूह तथा समग्र प्राज्ञिक समुदायमा निरन्तर अघिबढाउने साझा प्रतिबद्धतासहित बैठक सम्पन्न भएको थियो।